आज चर्चित गायक बद्री पंगेनीको जन्मदिन

काठमाडौँ – आज चर्चित गायक बद्री पंगेनीको जन्मदिन परेको छ । गायक बद्री पंगेनी २०३८ साल असार १६ गते नबलपरासी जिल्लामा जन्मिएका हुन् ।

धेरै गीतहरुमा आफ्नो स्वर दिएका बद्री पंगेनीले हालसम्म धेरैको मन जित्न सफल भएका छन् । उनको गीतमा एक किसिमको भाव हुन्छ जसले सबैको मन छुने गरेको छ ।

हालसम्म उनले गाएका सबै गीतहरु सफल भएका छन् । उनले हालसम्म मन थिएन जोगी बन्नलाई, ससुरालीमा, लाऊ चेली सिन्दुर लाऊ, जनताको शासन, रातो पछ्यौरी तथा पानी सलल जस्ता धेरै गीत गाइसकेका छन् ।

Loading...
प्रकाशित मिति १६ असार २०७६, सोमबार ०४:२४