रुकुम घटना : जिल्ला अदालतद्वारा वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश

काठमाडौं / रूकुम पश्चिमको सोती घटनाको मुद्दामा मंगलबारदेखि प्रतिवादीतर्फका वकिलको बहस आज सकिएको छ । वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस गरेका थिए ।

चार वकिलले हिजो बहस गरेका थिए भने प्रतिवादीतर्फका तीन वकिलको बहस आज भएको हो । बाँकी बहस बुधबार सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

गत शुक्रबारदेखि शुरु भएको बहसमा वादीतर्फबाट पाँच सरकारी वकिल र जाहेरीवालातर्फका १८ वकिल गरी २३ जनाले बहस गरेका थिए । सोती मुद्दाको थुनछेक बहस आज सकिएको हो ।

आज बहस सकिएसँगै जिल्ला अदालतले २३ जनालाई थुनामा पठाउन आदेश दिएको छ भने नवराजकि प्रेमिका भनिएकी युवतीको आमालाई १ लाख धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै अन्य तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । गत जेठ १० गते जिल्लाको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक जनाको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न रहेको आ रोपमा जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा कर्तव्य ज्या’न, ज्यान मा’र्ने उद्योग, जातीय भेदभाव र छुवा’छुत कसुरमा ३४ जना वि’रुद्ध मु’द्दा दर्ता गर्दै जन्मकैद र आजीवन कारावाससम्मको कैद सजायको माग गरेको थियो ।

Loading...
प्रकाशित मिति १० असार २०७७, बुधबार १४:४६