आज यी देशहरुबाट ६०९ नेपाली स्वदेश आइपुगे

काठमाडौं / कोरोना महामारीका कारण विभिन्न देशमा समस्यामा रहेका ६०९ नेपाली आज स्वदेश आईपुगेका छन् । कुवेत, दोहा र यूएईको आबुधाबीबाट ६०९ जना नेपालीहरु स्वदेश आइपुगेका हुन् ।

उनीहरु कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५८ जना स्वदेश आईपुगेका छन् । यस्तै यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली स्वदेश फर्किएका छन् भने कुवेतबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १४९ जना र कुवेतबाटै आममाफीमा सहभागी १५० जना जजिरा एअरमार्फत काठमाडौंआइपुगेका छन् ।

कुवेत सरकारले आममाफीमा सहभागी नेपालीलाई भने निःशुल्क ल्याईदिएको हो ।

Loading...
प्रकाशित मिति ११ असार २०७७, बिहीबार ०७:१५