नेपालमा संक्रमितको संख्या ११ हजार नाघ्यो, थप दुईजनाको मृत्यु

काठमाडौं ११ असार / नेपालमा पछिल्लो २४ घन्टा भित्र थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको जनसंख्या तथा स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

आज ३१२जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।जसमध्ये १९ महिला र २९३ जना महिला रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २६५० जना रहको छ ।

त्यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २६ रहेको छ । पछिल्लो २४ घन्टामा २ जनाको ज्यान गएको स्वस्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बृद्धि भइरहेको समयमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । यसैबीच, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । अस्पताल श्रोतका अनुसार चितवन घर भई हाल काठमाडौं बस्दै आएका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृ’त्यु भएको हो ।

अस्पतालका अनुसार उनमा यस अगाडिनै परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पाँच महिना अगाडि मात्रै उनले मिर्गौला प्रत्यारोपण गरेका थिए । उनको मृ’त्यु स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी नै छ । उनीबाहेक हालसम्म नेपालमा २५ जना संक्रमितहरुको मृ’त्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको गए राति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

उनलाई यही असार ८ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

Loading...
प्रकाशित मिति ११ असार २०७७, बिहीबार १०:५३