रुकुम घटना : १ लाख धरौटी तिर्न नसक्दा किशोरीकि आमापनि जेल चलान

रुकुम ११ असार / रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते नबराज बिक सहित ६ जनाको ज्या’न जाने गरि भएको घटनाका एक प्रतिबादी धरौटी तिर्न नसकेपछि कारागार चलान भएकी छन । जिल्ला अदालत रुकुमले उनलाई १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

शुक्रबार देखि शुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायधीस बिद्याराज पौडेलको इजलासले बुधबार अबेर यस्तो आदेश जारी गरेका थियो । तर, उक्त धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिबादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

उनी रुकुम घटनामा मारिएका जाजरकोटका मृ’तक नबराज बिककी प्रेमिका भनिएकी किशोरीकी आमा हुन । उनको नाम कानुन अनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ (२) राखेको छ ।

प्रतिबादी डम्बरबहादुर मल्ल सहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश नै भएको थियो ।

Loading...
प्रकाशित मिति ११ असार २०७७, बिहीबार १२:२९