रुकुम पश्चिम घटना : धरौटी तिर्न नसक्दा प्रेमिकाकि आमा कारागार चलान

रुकुम पश्चिम – रुकुम पश्चिमको नबराज बि.क. सहित ६ जनाको ज्यान गएको थियो । चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते उक्त घटना भएको थियो । घटनामध्य एक प्रतिबादी धरौटी तिर्न नसकेपछि कारागार चलान भएकी छिन् ।

उनलाई रुकुम जिल्ला अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो तर धरौटी तिर्न नसक्दा उनी कारागार चलान भएकी हुन् । शुक्रबारबाट सुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले बुधबार अबेर यस्तो आदेश गरेका थिए ।

तर, उनले उक्त धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिएका छन् । अदालतले तोकेको समयमा तोकिएको धरौटी रकम नबुझाएपछि धरौटीमा छोड्न आदेश भएका प्रतिबादी अन्य प्रतिवादीसँगै कारागार चलान भएका हुन् ।

प्रमुख केसीले भने, ‘बाँकी विषय अब कानुन बमोजिम हुन्छ ।’ उनी जाजरकोटका मृतक नबराज बिककी प्रेमिका भनिएकी किशोरीकी आमा हुन् । उनको नाम कानुनअनुसार अदालतले गोप्य राखिएको छ ।

Loading...
प्रकाशित मिति १२ असार २०७७, शुक्रबार ०३:२३