टंक  बुढाथोकी र मेलिना राईको कसरी कसरी भाग २

काठमाडौं / यति बेला चर्चित गाएक तथा संगीतकार टंक बुढाथोकी को नयाँ गित कसरि कसरि अहिले सुटिंगमा ब्यस्त छन। कसरि कसरि बोलको गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वरलाई धेरैले रुचाएका थिए भने त्यस गीतले करोडौं भिउज पाई सकेको छु।

टंक बुढाथोकीको गीतहरु सबै अहिले सम्म चर्चित भएका छन्।गणतन्त्र पार्कमा भएको टंक बुढाथोकी को गित कसरि कसरि मा अहिलेका चर्चित जुम्ल्याहा दिपा र दमंता संगै अन्य सुन्दरी हरु संग टंक बुढाथोकीको टिम सुतिंगमा ब्यस्त रहेका छन।

कसरि कसरि को पहिलो भाग अर्थात पहिलो गितले अहिले सम्म ४ करोड भन्दा धेरै पटक हेरी सकिएको छ। टंक बुढाथोकीको गीतमा पहिलो पटक अहिले दिपा र दमन्ता संग काम गरेका हुन।

यस गीतलाई अहिलेका चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्दै छन। यस अघि पनि टंकका गीतहरुलाई कविराजले नै निर्देशन गर्दै आएका छन। यस भन्दा पहिले टंक बुढाथोकी , ए आर र अशोक दर्जीको आवाज रहेको गित चौरीको चाम्रो छुर्पी बोलको गितले पनि बम्पर हानेको थियो।

टंक बुढाथोकीको हरेक गित करोड भन्दा धेरै पटक हेरिने गरिएको छ। यो गीतले पनि छिट्टैनै करोड क्लबमा पुग्ने बताईएको छ। यस गीतमा अशोक दर्जी र ए आरको पनि स्वर छ भन्ने सुनिएको छ तर आधिकारिक घोषणा भने भएको छैन।

Loading...
प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार ०५:३४