कमला घिमिरेको तीज गीतमा पित्री बुढा र काउली बुढीको ठट्यौली जुहारी (भिडियो सहित)

काठमाडौं / भाइरल बालगायिका कमला घिमिरे र खेम सेन्चुरीको छोटो समयमै युट्युब ट्रेन्डिङ शिर्ष स्थानमा पर्न सफल लरिलरिलै बोलको तीज गीतको भाकामा कलाकार द्वय अर्जुन कुँवर र सन्ध्या बुढाले ठट्यौली पारामा दोहोरी गाएका छन् ।

पित्री बुढा नामले चिरपरिचित हाँस्यकलाकार तथा गायक अर्जुन कुँवर र काउली बुढी नामले परिचित गायिका सन्ध्या बुढाले दर्शक स्रोतालाई थप मनोरञ्जनका लागि लाइभ दोहोरी गाएर (अर्जुन कुँवर पित्री बुढा) नामको युट्युब च्यानलमा राखेका छन् ।

गायक अर्जुन कुँवर र गायिका सन्ध्या बुढाले गीतलाई कमेडीको रुपमा प्रस्तुत गरेका छन् । उनिहरुले बोलिरहने बुढ्यौली पाराको बोलीचालीलाई गीतमा पनि ढालेका छन् ।

भिडियो हेर्नुहोस् :

 

Loading...
प्रकाशित मिति १२ असार २०७७, शुक्रबार १२:०५