मलेसियाबाट १८ जना नेपालीको शव लिएर आइपुग्यो जहाज (नामवली सहित )

काठमाडौं १२ असार /  वैदेशीक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १८ जना नेपालीको शव लिएर जहाज काठमाडौं आइपुगेको छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याइएको हो ।

यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको थियो । यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव ल्याउने भएको छ ।

यसरी आइपुगेका शव लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पुर्‍याइदिने गरेको छ ।

मलेसियामा ज्यान गुमाउनेहरुको नामावली :

 

 

 

Loading...
प्रकाशित मिति १२ असार २०७७, शुक्रबार १२:२३