साउदीमा भिसा म्याद सकिएकाहरुलाई जरुरी सुचना (पढ्नुहोस् )

काठमाडौं १२ असार / नेपाली कामदारहरुको लागि रोजगारीको मुख्य गन्तव्य बनेको खाडी मुलुकको साउदीमा अरबमा पुगेका नेपालीहरु भिसा म्याद सकिएर स्वेदश फर्कने तयारीमा रहेकाहरुलाई कुनै पनि जरिवाना र कारबाही नहुने साउदी स्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

त्यस्तै विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण साउदीमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने क्रम जारी रहेको छ । यसअघि साउदीको रियाद , जेद्धा र दमामबाट नेपालीहरुको ल्याइसकेको छ भने भोलि बिहान थप नेपालीहरु स्वदेश आइपुग्ने बताइएको छ ।

यस्तो छ दूतावासको सुचना :

बहिर्गमन भीसा (Final Exit Visa) पुनः प्रवेश भीसा (Re-entry Visa) सबै प्रकारका भिजिट भीसा र पर्यटक भीसा लिएका व्यक्तिहरुका लागि नेपाली राजदूतावासको सूचना ।

साउदी सरकारले हालै जारी गरेको सूचना अनुसार कोरोना भाइरस संक्रमणको प्रकोपका कारणले अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भीसा (Final Exit Visa), पुनः प्रवेश भीसा (Re-entry Visa, सबै प्रकारका भिजिट भीसा र पर्यटक भीसा लिएका यहांका कुनै पनि प्रस्थान विन्दुबाट स्वदेश फर्कन चाहने व्यक्तिहरुको भीसाको म्याद समाप्त भएको भएता पनि कुनै शुल्क वा जरिवाना नतिरी जान सक्ने व्यवस्था गरेको व्यहोरा जानकारी गराइन्छ ।

नेपाली राजदूतावास

रियाद

Loading...
प्रकाशित मिति १२ असार २०७७, शुक्रबार १४:१४