अष्ट्रेलियामा हिउँ खेल्न गएका दुई नेपाली विद्यार्थीको दुर्घटनामा मृत्यु

अस्ट्रेलिया / अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो ।

क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शुक्रबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए । अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिडेको थियो ।

दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

‘हामीले अहिलेसम्म प्रहरी तथा आधिकारिक स्रोतबाट मृतकको बारेमा पूर्ण जानकारी पाएका छैनौं तर सोही गाडीमा सवार घाइतेहरुका अनुसार दुई विद्यार्थीले ज्यान गुमाएका छन्।

Loading...
प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार ०६:३३