पहिरोका कारण २० घर उच्च जोखिममा

 

बागलुङ – निरन्तरको बर्षाका कारण बागलुङ नगरपालिका वडा ३ कम्फुटोलमा रहेका झण्डै २० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

उक्त घरहरु देखि झण्डै ३/४ सय मिटर तल निर्माण हुन लागेको लिफ्टिङ खानेपानी आयोजनाका लागि दैनिकजसो स्काभेटर, डोजर चलाउदा जमिन कमजोर बनेकाले पनि जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् ।

गत बि:स २०७३ सालमा बनाएको ३ तले पक्की घरको पछाडि पट्टीबाट गत जेठ २ गते पहिरो गएको गएको थियो घरधनी द्धारिका शाक्य बताउनुहुन्छ ।

‘पहिरोको कारण सम्बन्धित निकायलाई निवेदन दिएको छु कुनै सुनुवाइ भएन’ उहाँ भन्नुहुन्छ । ‘पुखौँ देखि यही ठाउँमा बस्दै आएका थियौं अहिले सम्म केही भएको थिएन यहीँ ठाउँमा खानेपानी आयोजना निर्माणका लागि काम सुरु भयो निर्माणमा स्काभेटर/डोजरको प्रयोग भएपछि जमिन खल्किएरएर यस्तो भयो’ शाक्य भन्नुहुन्छ  ।

पहिरो गएलगत्तै इञ्जिनियर आएर अध्ययन गरी दुई वटा घरमा रातो रिबन लगाइदिएको स्थानीयबासीले बताएका छन् । घर उच्च जोखिममा परेपछि शाक्यका परिवार र यहाँका अधिकांश घर परिवार सुरक्षित ठाउँमा स्थानन्तरण  भएका छन् ।

 

Loading...
प्रकाशित मिति १३ असार २०७७, शनिबार १०:००