नेपालको प्रदेश नं २ मा भित्रिएको सलह किरा प्रदेश नं ५ मा पुग्यो

काठमाडौं / नेपालमा सलत किरा प्रवेश गरेका छन् । भारतसँग सीमा जोडिएका नेपालका प्रदेश नं २ को तीन जिल्लामा प्रवेश गरेको सलह प्रदेश नं ५ को रुपन्देही जिल्लामा पनि देखिएको छ ।

बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए।

हुमागाइँका अनुसार नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको उनले बताए । नेपाल प्रवेश गरेको सलह कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका विज्ञहरुले अध्ययन गर्नुपर्ने उनले बताए ।

मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने हुमागाइँले बताए । ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने पनि हुमागाईँले जानकारी दिएका छन्।

पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने उनको अनुमान छ ।

के हो सलह किरा ?

सलह किरालाई अग्रेजीमा (लकस्ट) भनिन्छ । सलह त्यस्तो प्रकारको किरा हो यो उड्दा सुर्यको प्रकाश नै छेक्छ । धेरै मरुभूमि भएको स्थानमा यो किराको बढी प्रकोप हुन्छ ।

सलह किरा एक-अर्कामा झुम्दै बथान भएर उड्छन् । जहाँ एउटा बथानमा करिब ४ करोड भन्दा बढी किरा हुने गर्छन् । आजभन्दा ७० वर्षअघि नेपालमा सलह किरा देखिएको थियो ।

सलह किराले कुनै निश्चित बाली खाने भन्ने हुँदैन । यी किराले जहाँ हरियाली देख्छन् त्यही खाइदिन्छन् । जुन सिजनको बाली छ त्यही सिजनको बालीलाई सखाप पार्ने विभागका पूर्व महानिर्देशक शर्माले बताए ।

‘कतिपय किराहरु निश्चित अन्नमा मात्रै लाग्छन्’ उनले भने, ‘तर सलह किरा यस्तो प्रकारको किरा हो जसले हरियो बाली देख्नै हुँदैन ।’

– फाइल तस्बिर 

Loading...
प्रकाशित मिति १३ असार २०७७, शनिबार १०:०६