नेपालमा कोरोना संक्रमित १२ हजार नाघ्यो , थप १ जनाको मृत्यु

काठमाडौं, १३ असार । मुलुकमा थप ५ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ५४ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । कैलालीका ५० बर्षिय पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

नेपालमा आजबाट ७७ वटै जिल्लामा कोरोना संक्रमण पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

Loading...
प्रकाशित मिति १३ असार २०७७, शनिबार १०:४६