महिनावारी नबार्नेलाई पुरस्कार !

डोटी – छाउपडी प्रथाले विकराल रुप लिन थालेपछि डोटी जिल्लाका पालिकाहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यही क्रममा डोटीको पूर्वीचौकी गाउँपालिकाले नयाँ योजना ल्याएको छ ।

छाउपडी प्रथा अर्थात महिनावारी नबार्नेलाई पुरस्कारस्वरुप तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म प्रदान गर्ने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि छाउपडी प्रथा अन्त्यका लागि नयाँ योजना ल्याइएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । उनले भने, ‘जिल्लाभरिमै बदनाम हुँदै आएको छाउपडी प्रथा हामी अन्त्य गरेरै छोड्छौँ ।’

गाउँपालिकाको यो नीतिलाई त्यहाँका बासिन्दाले स्वागत गरेका छन् । महिनावारी भएकी महिला घरमा बसे देवी, देवता रिसाउने तथा घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण डोटेली महिलाहरु छाउपडी कुप्रथा बार्न वाध्य छन् ।

Loading...
प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार ०६:४५