सञ्चारकर्मी कृष्ण पाण्डेको जीप दुर्घटनामा मृत्यु

काठमाडौं १४ असार / न्युज २४ नेपाल टेलिभिजनका रुपन्देही संवाददाता तथा मोडल कृष्ण पाण्डेको गाडी दुर्घटनामा मृत्यु भएको छ । गएराती बुटवल भैरहवा सडक खण्ड तिलोत्तमा नगरपालिका ड्राइभर टोलमा सञ्चारकर्मी पाण्डे चढेको जीप दुर्घटना भएको हो ।

लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँग र न्युज २४ का लागि प्रदेश नं ५ को विभिन्न स्थानमा पुगेर रिपोर्टिङ गर्दै आइरहेका सञ्चारकर्मी पाण्डे पावर न्युज नेपालका सम्पादक पनि हुन् ।

बुटवलबाट मध्यराति घर फर्किने क्रममा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका पाण्डेको बुटवल चौरहा अस्पतालमा उपचारको क्रममा निधन हो ।

पत्रकार पाण्डेको शव अहिले पोस्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

Loading...
प्रकाशित मिति १४ असार २०७७, आईतवार ०१:१५