प्रदेश नं १ खोटाङमा पनि पुग्यो सलह

प्रदेश २ को विभिन्न जिल्लाबाट नेपाल प्रवेश गरेको विनाशकारी सलह किरा एकैदिनमा तराईबाट पहाडसम्म पुगेको छ । नेपालको अधिकांश जिल्लामा पुगिसकेको सलह प्रदेश नं १ को खोटाङ जिल्लामा पनि भेटिएको छ ।

कृषि विज्ञ मदन राईले सलह किरा किन्ने जानकारी दिएका छन् । नेपालमा पनि सलह भित्रि सकेको हुदा बिभिन्न जिल्लामा पुगेर यसले क्षती पुराउन थालेको छ । खोटाङमा पनि यो देखि सकिएको छ ।

राईले सलह किरा नियन्त्रणको नाममा घुष खाने र वातावरण विषालु नबनाउन अनुरोध गर्दै प्रति केजी सय रुपयाँको दरले सलह किरा किन्ने राइले सामाजिक संञ्जाल मार्फत जानकारी गराएका छन् ।

सलह नियन्त्रणका लागि कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले प्रति केजी सलह संकलन बापत २० रुपयाँ दिने घोषणा गरे पनि यता राईले भने प्रति केजी सलह संकलनको सय रुपयाँको दरले दिने घोषणा गरेका छन् ।

बिभिन्न परिकारमा बिद्यार्थीहरुलाई माछामासुको सट्टामा सलह भुटेर खुवाउने र पशुपंक्षिहरुलाई दानाको रुपमा प्रयोग गर्ने सिद्राको सट्टामा सलह प्रयोग गर्ने राईले बताएका छन् ।

राईले कसैले सलह समाएर ल्याएमा एक लाख बराबरको हजार किलो सम्म सलह खरिद गर्ने घोषणा गरेका छन् ।

Loading...
प्रकाशित मिति १४ असार २०७७, आईतवार ०८:५५