अर्घाखाँची भारतबाट तराईको भूभागमा प्रवेश गरेको सलह किरा अर्घाखाँचीका विभिन्न स्थानमा फैलिएको छ।ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह कीरा जिल्लाको शितगंगा नगरपालिका हुँदै भुमिकास्थान नगरपालिकामा पनि आज प्रवेश गरेको छ ।
सलह कीरा हिजोका दिनमा थोरै देखिएपनि आज बढ्दो संख्यामा देखिएको छ । शनिबार बिहान कपिलवस्तु बाट अर्घाखाँची प्रवेश गरेको सलह किराले खाद्यन्न बाली बोटबिरुवा को नास गर्दछ ।
अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा सलह फैलिएको हुनाले किसानहरू त्रसित बनेका छन् ।किसानहरूले खाद्यन्न बोटबिरुवा बचाउनको निम्ति टीन,बाजा तथा ठूलो आवाज निस्कने सामाग्री बजाएर र कपडा,सिठाहरू जलाएर सलह भगाउने प्रयास गरिरहेका छन् ।