काठमाडौंमा देखिएको भावविह्वल बनाउने यो दृश्य (भिडियो)

काठमाडौं, असार १५ / भनिन्छ जीवन संर्घषको मैदान हो । संर्घष एउटा लयमा बसेर गर्नेहरुका लागि सहज होला । तर अपांग आमा र सानो नानी बिच सडकमा कोरोना कहरको बिचमा राजधानी शहरको भाटभटेनीमा देखिएको यो दृश्य आँफैमा कहाली लाग्दो छ ।

जसमा बयान गर्ने शब्द कम स्तब्ध बनाउने दृश्य बढी छन् । यो दृश्यलाई सफलतापूर्वक कैद गर्न देवेन्द्र महर्जन सफल भएका छन् । भिडियो हेरेपछि जो कोहीका आँखा रसाउँछन् ।

मुटु दह्रो पारेर हेर्नुहोस् भिडियो

अन्य समाचार : अर्घाखाँची भारतबाट तराईको भूभागमा प्रवेश गरेको सलह किरा अर्घाखाँचीका विभिन्न स्थानमा फैलिएको छ।

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह कीरा जिल्लाको शितगंगा नगरपालिका हुँदै भुमिकास्थान नगरपालिकामा पनि आज प्रवेश गरेको छ । सलह कीरा हिजोका दिनमा थोरै देखिएपनि आज बढ्दो संख्यामा देखिएको छ ।

शनिबार बिहान कपिलवस्तु बाट अर्घाखाँची प्रवेश गरेको सलह किराले खाद्यन्न बाली बोटबिरुवा को नास गर्दछ । अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा सलह फैलिएको हुनाले किसानहरू त्रसित बनेका छन्  ।

किसानहरूले खाद्यन्न बोटबिरुवा बचाउनको निम्ति टीन,बाजा तथा ठूलो आवाज निस्कने सामाग्री बजाएर र कपडा,सिठाहरू जलाएर  सलह भगाउने प्रयास गरिरहेका छन् ।

Loading...
प्रकाशित मिति १५ असार २०७७, सोमबार १४:२९