अर्घाखाँचीमा आज सलह बढ्दो संख्यामा देखिए : किसानहरू त्रसित

अर्घाखाँची  भारतबाट  तराईको भूभागमा प्रवेश गरेको सलह किरा अर्घाखाँची विभिन्न स्थानमा फैलिएको छ।

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह कीरा जिल्लाका ३ वटा नगरपालिका ३ वटा गाउँपालिकामा नै सलह  प्रवेश गरेको छ ।

सलह कीरा हिजोका दिनमा थोरै देखिएपनि आज बढ्दो संख्यामा देखिएको छ । शनिबार बिहान कपिलवस्तु बाट अर्घाखाँची प्रवेश गरेको सलह किराले खाद्यन्न बाली बोटबिरुवा को नास गर्दछ ।

अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा सलह फैलिएको हुनाले किसानहरू त्रसित बनेका छन्  ।किसानहरूले खाद्यन्न बोटबिरुवा बचाउनको निम्ति टीन,बाजा तथा ठूलो आवाज निस्कने सामाग्री बजाएर र कपडा,सिठाहरू जलाएर  सलह भगाउने प्रयास गरिरहेका छन् ।

 

 

 

Loading...
प्रकाशित मिति १६ असार २०७७, मंगलवार ०९:१६