२४ घण्टा यता देशभरमा थपिए ३१६ जना कोरोना संक्रमित

काठमाडौं – मुलुकमा थप ३ सय १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय १६ जना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

Loading...
प्रकाशित मिति १६ असार २०७७, मंगलवार ११:००