काठमाडौं उपत्यकामा थप १४ जना कोरोना संक्रमित भेटियो

काठमाडौं, १६ असार / काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनानु दिन थपिदो छ । हिजो सोमबार काठमाडौैं उपत्यकाका आठ जनामा संक्रमण देखिदा आज पुनः १४ जनामा संक्रमण फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दा मंगलबार एकै दिन काठमाडौं उपत्यकामा थप १२ जनामा कोरोना भाइरस संक्रमित देखिएका हुन् ।

थपिएका संक्रमित मध्ये काठमाडौंका १२ जना छन भने ललितपुर र भक्तपुरका १–१ जना रहेका छन् ।

काठमाडौं जिल्लामा ७ पुरुष र ५ महिलामा संक्रमण देखिदा ललितपुरका १ पुरुष र १ महिलामा पनि संक्रमण फेला परेको छ । उनीहरुको ठाउँ ठेगाना भने खुलाइएको छैन ।

त्यस्तै देशभर आज ३ सय १६ जना संक्रमित थपिएका छन् भने नेपालमा कुल संंक्रमित १३ हजार ५ सय ९४ पुगेेको छ । त्यस्तै  पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना जितेर घर फर्किएसँँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या ३ हजार १ सय ९४ पुगेको ।

Loading...
प्रकाशित मिति १६ असार २०७७, मंगलवार १२:४०