‘पूजाको बारेमा मलाई थाहा थिएन’ : स्वस्तिमा खड्का

काठमाडौं / यतिबेला नायिका स्वस्तिमा खड्कालाई आफ्नो बोली आफैलाई भारी पर्दै गइरहेको छ । फिल्म ‘हजार जुनीसम्म’को प्रोमो लञ्च प्रेसमिटमा कलाकारले लिने महंगो पारिश्रमिक बारे स्वस्तिमाले दिएको अभिव्यक्तिको चौतफी चर्चा र परिचर्चा छ ।

हालै अर्की नायिका पुजा शर्माले २० लाख लिएको खबर मिडियामा छाएको थियो । तर स्वस्तिमाले एक दैनिक पत्रिकासँग पुजाको पाएको २० लाख पारिश्रमिकबारे जानकार नभएको दाबी गरेकी छिन् ।

नयाँ पत्रिका दैनिकसँग उनले भनेकी छन्, ‘मैंले भनेको कुराप्रति म विश्वस्त छु । मलाई नायिका पूजा शर्माले यति पारिश्रमिक लिएको भन्ने थाहा थिएन । म घर आएपछि युट्युबमा पूजा शर्मासँग जोडिएको समाचार देखेँ । पूजाले २० लाख लिएको पनि मलाई थाहा थिएन । तर मेरो अभिव्यक्ति लगानीसँग जोडिएको थियो । मैंले व्यक्त गरेको विचारप्रति मलाई पछुतो छैन ।’

उनले अहिलेको पत्रकारिता विश्वास योग्य नभएको बताउँदै भनेकी छन्, ‘मलाई चित्त नबुझेको कुराचाहिँ युट्युबरहरू एउटा क्यामेरा र माइक बोकेर कसले के भन्छ र कन्ट्रोभर्सियल कुरा गर्छ भनेर पर्खेर बसेका हुन्छन् । म उहाँहरूलाई पत्रकार भन्दिनँ ।

म पत्रकारलाई विश्वास गर्छु, तर युट्युबरलाई गर्दिंन । दुई वर्षदेखि उहाँहरूप्रति विश्वास छैन । युट्युबरहरू पत्रकार होइनन् । उनीहरूले पत्रकारिताको संस्कृति बिगारिरहेका छन् ।’

Loading...
प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार १०:१३