फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मुल्य (सूचीसहित)

काठमाडौं १६ असार / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पर्नेछ।

भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको जनाएको छ ।

निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

Loading...
प्रकाशित मिति १६ असार २०७७, मंगलवार १५:४४