हिमालय एयरलाइन्सका एकजना पाइलटलाई कोरोना संक्रमण

काठमाडौँ १७ असार / हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना संक्रमण देखिएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक रहेका छन् । सानो गौचरनस्थित एक अपर्टामेन्टमा एक अर्का पाइलटसँगै बस्दै आएका ती पाइलट हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन हुन् ।

उनका अर्का साथीलाई भने कोरोना नदेखिएको बताइएको छ । अहिले ति पाइलटको अबस्था सामान्य रहेको बताइएको छ ।उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा रहेको बताइएको छ ।

मेक्सिकन पाइलटमा कोरोना देखिएपछि हिमालयले इमेलमार्फत अरु पाइलट, क्याबिन क्रूलाई सर्तकता उपनाउन निर्देशन दिएको छ ।

हिमालयले हरेक कार्गो तथा उद्धार उडानअघि र पछि चालक दलका सदस्यको आरडीटी परीक्षण गरेर पठाउने जनाएको छ ।

फाइल फोटो 

Loading...
प्रकाशित मिति १७ असार २०७७, बुधबार ०८:५९