गुरु आमाको निर्देशनमा “तीजको रन्को”

काठमाडौं / नेपाली नारीहरुको महान पर्व हरितालीका तीज आउन अब धेरै दिन बाँकी छैन । तीजलाई मध्यनजर गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक गर्नेक्रम चलिरहेको छ ।

यसै अवसरमा भर्खर मात्र तीजैको रन्को बोलको गीत सार्वजनिक भएको छ । तीजलाई विषय बनाइ तयार पारिएको सो गीतमा विक्रम बाबु विश्वकर्माको शब्द सिर्जना रहेको छ भने जीवन परियारको लय सिर्जना रहेको छ ।

गीतमा जीवन परियार र लक्ष्मी बस्नेतको आवाज रहेको छ । गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ । गीतलाई पछिल्लो समयकी चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने प्रकाश धमलाले सम्पादन गरेका छन । रमेश बाबु थापा र सुमि थापा मगरले गीतमा नृत्य गरेका छन ।

गीतलाई गुरुआमा फिल्मसको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/PP887cNH4NI

Loading...
प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार ११:०७