नेपालमा कोरोना संक्रमित १४ हजार नाघ्यो , थप १ जनाको मृत्यु

काठमाडौं १७ असार / नेपालमा पछिल्लो २४ घन्टा भित्र थप ४ सय ८२  जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मुलुकमा कुल संक्रमित सङ्ख्या १४ हजार ४६ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

त्यस्तै नेपालमा हालसम्म ४ हजार ६ सय ५६  कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या  पुगेको छ ।

मुलुकमा पछिल्लो २४ घन्टामा १४ सय ६२ जनाले कोरोना जितेर घर फर्केका छन् । नेपालमा कोरोना संकमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

पछिल्लो २४ घन्टा भित्र थप १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वस्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

Loading...
प्रकाशित मिति १७ असार २०७७, बुधबार १०:५८