प्रशान्त खड्काले माइतीघर आउने तयारिमा बसेकि बहिनी निरुतालाई धुरुक्कै रुवाए

  • सुस्मा श्रेष्ठ (स्याङ्जा )

काठमाडौं १७ असार  / नेपाली गीत संगीत को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक प्रशान्त खड्का को तिज गीत “माइत आउली ” सार्बजनिक भएको छ।

बिश्वभर महामारी को रुपमा फैलिएको नोभेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण का लागि विभिन्न संघ सस्था तथा ब्यक्तिहरुले आ-आफ्नो तर्फबाट पहल गर्दै आएको छन।

कलाकार हरु पनि भाइरस सम्बन्धि जनचेतनामूलक गीत संगीत हरु युटुब मार्फत बजारमा ल्याएका छन यसै  क्रम मा गायक तथा सर्जक प्रशान्त खड्का ले जनचेतनामूलक तिज गीत बजार मा ल्याएका छन। गीत मा माइतीघर आउन तयारि मा बसेका दिदिबहिलाइ लकडाउन को समय मा आफ्नै घरमा सुरक्षित बस्न र लकडाउन खुलेपछी माइत आउन आग्रह प्रस्तुति लाई समेटेर बजार मा ल्याएका छन।

गायक तथा सर्जक प्रशान्त खड्का दैलेख जिल्ला चामुन्डा बिन्दासैनी नगरपालिका वडा न.६ मा जन्मिएको हुन।गायक खड्का भन्छन पछिल्लो समयमा नेपाली गित संगीत यो भन्दा अझै राम्रो फरक तरिका बाट फरक गीत ल्याउने क्रम जारिनै छ।

आर्थिक अवस्था कमजोर भएको हुदा बिदेश जान पासपोर्ट बनाए तर बिदेश नगएर २०७१ सालमा भारतको मुम्बई पुगेका प्रशान्त २०७३ साल देखि नेपाली गीत संगीत मा लागेर म पनि केही बन्छु भनी गायक खड्का ले पहिलो गीत मुम्बईमा बाट रेकर्डिङ गरेका थिए।सोही सोही गीत “घरत मेरो जम्बुकाध”बजारमा ल्याएका थिए।गायक खड्का २०७४ सालमा नेपाल आएर निरन्तर गीत संगीत मा लागेका थिए  ।

उनी अहिले नेपालमै बसि एक दर्जन भन्दा बढी गीत संगीत बजार मा ल्याएका छन।हिजो बाट गायक खड्काको तिज गीत “माइत आउली” सार्बजनिक भएको छ।” माइत आउली गीत मा गायक प्रशान्त खड्का र गायिका निरुता खत्री को स्वर रहेको छ।लय पनि खड्का कै रहेको छ,भने शब्द बि.बि आले र गणेश बोहरा को रहेको छ।

एरेन्ज टङ्क तिमल्सिना ,सम्पादन बिजय राज छायांकन रोसन तामाङ र दिपक अधिकारी को निर्देशन मा रहेको सोही गीतको भिडियो मा टङ्क तिमल्सिना ,पुर्णिामा गुरुङ ,बि.बि आले,निर्मला श्रेष्ठ र सन्जोग थापा को अभिनय रहेको छ ।”माइत आउली” तिज गीत खड्का प्रशान्त नामक अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस:

Loading...
प्रकाशित मिति १७ असार २०७७, बुधबार १६:१८