स्कारपियो दुर्घटना

धनगढी / कैलालीको भासु भीर नजिक स्कारपियो दुर्घटना भएको छ । से १ च २२८० नम्वरको स्कारपियो दुर्घटना भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का केशव बहादुर बमको स्कारपियो बडिकेदारबाट धनगढी आउँदै गर्दा कैलालीको चुरे गाउँपालिकास्थित भासु भीर नजिक दुर्घटना भएको हो।

स्कारपियो बम आफै चलाईरहेका थिए। दुर्घटना हुँदा स्कारपियोमा क्षती भएपनि आफुलाई चोट नलागेको बमले जानकारी दिए।

उनका अनुसार विपरित दिशाबाट आईरकोे गाडीलाई जोगाउन खोज्दा दुर्घटना भएको हो।

अन्य समाचार :  बालिनाली नष्ट गर्ने विनाशकारी सलह किराको सानो झुन्ड गत शनिबार नेपाल भित्रिएको छ । भारतबाट हावाको बहावसँगै नेपाल भित्रिएको सलह अहिले काठमाडौं लगायत देशको धेरै जिल्लामा फैलिसकेको छ ।

बिज्ञहरु सलह नियन्त्रणका लागि छलफलमा जुटिरहेकाबेला राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनले सलह नियन्त्रण र भगाउन सकिने मेसिन आविष्कार केन्द्रले तयार गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

आफूहरुले तयारी पारेको सलह नियन्त्रण र भगाउने मेसिन परिक्षण गर्न पर्ने भएकोले काठमाडौंमा सहल देखिएमा खबर गर्न अनुरोध गरेका छन् ।

ठूलो समुहमा देखिने सलह किराले अहिलेसम्म नेपालमा ठूलो क्षति भने गरेको छैन । विज्ञहरु भन्छन्  नेपालमा सलहको सानो झुन्ड छुट्टिएर नेपाल भित्रिएको हो अर्को ठूलो समुहको सलह भित्रिन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

असार १३ गते दिउँसो तराईको बारा, रौतहट र सर्लाहीमा देखिएको सलह सोहीदिन प्रदेश नं ५ रुपन्देही र बुटवल लगायतका जिल्लाहरुमा पनि देखिएको हो । पहिलोपटक तराईमा देखिएको सलह किरा एकैदिनमा पहाडसम्म पुगेको थियो ।

Loading...
प्रकाशित मिति १८ असार २०७७, बिहीबार ०१:४३