वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुल्यो

काठमाडौं १८ असार / सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिने भएको छ । गत फागुन ३० गते देखि बन्द रहेको श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो ।

बिदामा आएका कामदारले श्रम स्वकृति पाउने भएपनि नयाँ कामदारले भने स्वीकृति नपाउने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए ।

आजबाट पुन श्रम स्वीकृति खुला गरिएको छ बस्नेतले भने ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको छ, अब कार्यालय आउनेहरुलाई आजबाट नै पुन श्रम स्वीकृति दिनेछौं ।

वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुन श्रम स्वीकृति प्रदान गरिने उनले बताए ।

Loading...
प्रकाशित मिति १८ असार २०७७, बिहीबार ०८:२१