नेपालमा आज ४ सय ७३ संक्रमित थपिए, थप १ जनाको मृत्यु

काठमाडौं, १८ असार । मुलुकमा थप ४ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ७३ जना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा १ सय ९ महिला र ३ सय ६४ पुरुष छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको ज्यान गएको छ । यो सँगै ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको स्वस्थ्य मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ५ हजार ३ सय २० रहेको छ ।

Loading...
प्रकाशित मिति १८ असार २०७७, बिहीबार ११:०४