दुर्गेश थापाको तीज गीतमा पित्री बुढाको कडा धमका

काठमाडौं १८ असार / चर्चित मोडेल तथा गायक दुर्गेश थापाले नयाँ गीत बजारमा लिएर आएका छन् । गतबर्ष तीजको लागि थापाले गाएको “बिच बिचमा” बोलको गीतले सर्वाधिक चर्चा बटुल्न सफल भएपछि, यो बर्ष बिच बिचमा २ “एउटा फोटो खिच” दुर्गेश थापा युट्युब च्यानलबाट भर्खरै सार्वजनिक गरिएको छ ।

कोरोना महामारी र लकडाउनको बन्दा बन्दी अवस्थामा सावधानी अपनाउँदै भिडियो छायांकन गरेर दर्शक स्रोतामाझ ल्याएको थापा बताउँछन् ।

यस गीतको भिडियोमा चर्चित अनुहारहरुलाई देख्न सकिन्छ । शिव विकको निर्देशनमा अर्जुन तिवारीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

कलाकारहरु : दुर्गेश थापा, जीवन शाहनी क्षेत्री, जिबी चिरन, अर्जुन कुवर , दीपाशा बिसी, अस्मिता जुरेली, टीका जैशी, सबिता राई, इनि बिष्ट, शिल्पा खड्काको दमदार अभिनय रहेको छ ।

यस गीतको भिडियोमा पित्री बुढा नामले चिरपरिचित हाँस्यकलाकार तथा गायक अर्जुन कुँवरको पनि अभिनय देख्न सकिन्छ ।

Loading...
प्रकाशित मिति १८ असार २०७७, बिहीबार ११:५४