काठमाडौं / देशभर दिनानुदिन कोरोना संक्रमित बढिरहेको बेला गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् ।
स्वस्थ्य मन्त्रालयको बिहिवार दिउँसोको अपडेट अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित सङ्ख्या १४ हजार ५ सय १९ पुगेको छ भने ५ हजार ३ सय २० जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बिहिवार १ जनाको ज्यान गएको हो ।