ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको वाइडबडी जहाज

काठमाडौं / नेपाल एयरलाइन्सको वाइडबडी जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । कुवेतबाट नेपालीहरुलाई लिएर काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ ।

जहाजमा बिहीबार बिहान ८:३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो । त्यसक्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।

उक्त जहाज ग्राउन्डेड भए पनि अहिले निर्धारित उडान भने प्रभावित नहुने ती अधिकारीको भनाइ छ । नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा कुल ४ वटा जहाज छन् ।

फाइल  तस्बिर 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ०३:३१