प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

 

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरूले प्रदर्शन गरिरहेका छन् । शुक्रबार बिहान युवाहरूले भक्तपुरपुरको सूर्यविनायक चोकमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा तोडीब सरकार गिराउने खेल भएको भन्दै समर्थनमा प्रदर्शन गरेका हुन् ।

सूर्यविनायकमा भेला भएका युवाहरुले ओलीको तस्बिर नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् । भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै प्रर्दशन गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइरहेका बेला विपक्षी बनेर सडकमा समर्थन गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाई ओलीको समर्थन गरेका हुन्

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ०७:१४