२४ घण्टामा ७४० जनामा कोरोना पुष्टि  आज सम्मकै धेरै कोरोना पुष्टि

काठमाडौं – मुलुकमा थप ७ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४० जना संक्रमित थपिएका हुन् ।योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

त्यस्तै आज कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको ज्यान गएको छ । यो सँगै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको स्वस्थ्य मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार १ सय ४३ रहेको छ ।l

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार ११:०३