साउदीबाट स्वदेश फर्कन तयारीमा रहेका नेपालीहरुलाई जरुरी सुचना

काठमाडौं २० असार / कोरोना भाइरस (कोभिड-१९) का कारण खाडीमुलुक साउदी अरबको राजधानी रियादमा अलपत्र परेका नेपालीहरु यहि जुन ६ गते नेपाल एयरलाइन्सको पाचौं चार्टर उडानबाट स्वदेश ल्याउने भएको छ ।

साउदीमा समस्या परेर स्वदेश फर्कन दूतावासमा नाम टिपाएकाहरुको प्राथमिकता अनुसार दूतावासले नामावली सार्वजनिक गरेको छ ।

मिति ६ जुलाई २०२० मा नेपाल एयरलाईन्सले रियादबाट गर्ने पाचौँ चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्सले साउदी अरबको रियादबाट यही मिति ६ जुलाई २०२० मा पाचौँ उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

१. हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७५०)
२. राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ ।

३. हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt.Ltd. का
श्री रमेश श्रेष्ठ, टेलिफोन नं +00966 583951234, प्रेम गौतम +0966 597920465, +00966 580596140 , +00966 553101644 (Whats App)
ईमेल ठेगाना : [email protected] मा सम्पर्क गर्न अनुरोध छ ।
(टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला )

४. COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन अनुरोध छ ।सो परीक्षणका लागि निम्न बमोजिम सम्पर्क गर्न सक्नुहुनेछ ।

(कोभिड-१९ परिक्षण नेगेटिभ भएको कागजात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला )
५. यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।

६. स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।

नेपाली राजदूतावास, रियाद।
२० असार २०७७

Loading...
प्रकाशित मिति २० असार २०७७, शनिबार १५:५५