आज कहाँ पर्दैछ पानी ? यस्तो छ तीन दिनसम्मको मौसम

काठमाण्डौ – आज सोमबार देशभरको मौसममा सामान्य बदली हुने भएको छ । आज शका धेरैजसो स्थानको मौसम आशिंकदेखि सामान्य बद्ली हुने र केहि स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अब मनसुन विस्तारै कम सक्रिय हुँदै जाने हुनाले केहि स्थानमा मात्र पानी पर्ने सम्भावना रहेको मौसमबिद्ले जनाएका छन् । केहि दिन पछी भने मौसम फेरी सक्रिय भई देशभर पानी पर्ने महाशाखाले जनाएको छ ।

अहिले भने जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भूभागमा परेकोले त्यस ठाँउमा पानी परिरहेको मौसमबिद्ले जनाएका छन् ।

आज दिउँसो भने देशका केहि स्थानमा पनि पानी पर्ने सम्भावना रहेको जनाइएको छ । त्यस्तै अबको तीन दिनसम्म देशका केहि स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमबिद्ले जनाएका छन् ।

Loading...
प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार ०३:०६