उदयपुरमा बन्यो कोरोना अस्पताल

उदयपुर २१ असार / विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) संक्रमणबाट नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म कोरोना संक्रमित १५ हजार नाघेको छ । मुलुकको पहिलो कोरोना इपिसेन्टर बनेको उदयपुर जिल्लामा कोरोना अस्पताल बनेको छ । यसअघि जिल्लाका संक्रमितहरुलाई विराटनगर कोभिड अस्पताल लगेर उपचार गइरहेको थियो ।

चौदण्डीगढी नगरपालिका -६ सातधारेमा सशस्त्र प्रहरीको लागि भनेर निर्माण गरिएको भवनमा अस्थायी रूपमा संचालनमा हुँदै आएको उदयपुर कोभिड अस्पतालले अन्तत: पुर्णता पाउने भएको छ।

स्विस सरकारले अनुदान स्वरूप १ करोड ५० लाख रुपैया उपलब्ध गराए पछी यस उदयपुर कोभिड अस्पतालले स्थायी रूप मै उक्त स्थानमा आफ्नै भवन बनाएर संचालनमा आउने भएको छ।

स्विस सरकार को १ करोड ५० लाख र उदयपुर जिल्लाका आठ वटै पालिकाको सहयोगमा कुल ३ करोड २१ लाख ५५ हजार ३ सय ३ रुपैया ३६ पैसा को लागतमा कोभिड अस्पताल बन्ने भएको हो।

Loading...
प्रकाशित मिति २१ असार २०७७, आईतवार ०५:३६