नेपालमा पछिल्लो २४ घन्टामा २ सय ९३ संक्रमित थपिए

काठमाडौं २१ असार / नेपालमा पछिल्लो २४ घन्टा भित्र थप २ सय ९३  जना नयाँ संक्रमित थपिएसँगैे मुलुकमा कुल संक्रमित सङ्ख्या १५ हजार ७ सय ८४  पुगेको जनसंख्या तथा स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।

देशभरिको २५ वटा प्रयोगशालामा परिक्षण गरिएको हो । त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या १ सय ३२ रहेको छ भने कुल कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउने सङ्ख्या ३४ रहेको छ । पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको छ ।

Loading...
प्रकाशित मिति २१ असार २०७७, आईतवार १०:५०