आज दिनभरि काठमाडौंको यी स्थानमा बत्ती जाने

काठमाडौं २२ असार / आज काठमाडौँका विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकोले बत्ती जाने बताइएको छ ।

कुलेश्वर रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विहान १० बजेबाट साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०३:३१