कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे निधन

काठमाडौं, २२ असार /  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे ९६ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको गएराति निधन भएकाे हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।

घिसिङका बुबा कृपासिंङ घिसिङको गत राती ९८ बर्षको उमेरमा निधन भएको हो । रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी कृपासिंह घिसिङ पछिल्लो समय छोराहरुसँग काठमाडौंमा बस्दै आउनुभएको थियो ।

घिसिङ टोल सुधार समिति डहुको संरक्षक समेत रहनुभएका घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भइ उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको परिवारका आफन्तले जनाएको  छ ।

मृतक घिसिङका आज नै अन्त्यष्टि गरिने परिवारले बताएको छ । परिवारका अनुसार आज बिहान १० बजेट तामाङ गुम्बाबाट स्यम्भुमा लगेर अन्त्येष्टि गरिनेछ ।

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०४:४२