प्रियंका कार्की र अदिती बुढाथोकीलाई इन्स्टाग्राममा दस लाख

काठमाडौं / नेपाली नायिकाहरुले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक भन्दा इन्स्टाग्राम बढि प्रयोग गर्दै आइरहेको छ ।

फोटो र भिडियो सेयर गर्न मिल्ने इन्स्टाग्राममा दशलाख फलोअर्स पुग्ने पहिलो नेपाली नायिका बनेकी छिन् प्रियंका कार्की , त्यस्तै अर्की नायिका अदिती बुढाथोकीको पनि इन्स्टाग्राममा दशलाख फलोअर्स पुगे सँगै दशलाख पुग्ने दोस्रो बनेकी छिन् ।

दशलाख फलोअर्स पुगेसँगै नायिका कार्कीले एक भिडियो सेयर गरेर सबैलाई धन्यवाद दिएकी छन् भने नायिका बुढाथोकीले पनि सेलिब्रेसन तस्बिर पोस्ट गर्दै सबैलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

Loading...
प्रकाशित मिति २२ असार २०७७, सोमबार ०९:४४