गायिका देवी घर्ती भन्छिन् : यो तीजमा ढल्केरै नाच्छु

काठमाडौं १३ साउन / लोकप्रिय गायक राजु ढकाल र गायिका देवी घर्तीको स्वरमा तीज कोसेली “ढल्केरै नाच्छु” सार्वजनिक भएको छ, “जस्मा जय देवकोटा, सुस्मिता घर्ती, निरुता खत्री, अर्जुन सापकोटाको पनि स्वर रहेको छ।” मनोज चापागाईंको उत्कृष्ट शब्द संकलनमा अर्जुन सापकोटाले संगीत भरेका हुन् ।

भिडियो निर्देशन मदन खड्काले गरेका हुन् भने; विरेन्द्र भट्टको क्यामरा र विकाश ज्ञवालीको सम्पादनमा तयार भएको हो । भिडियोमा चर्चित मोडल सारिका केसी सँग अर्जुन सापकोटाले कम्मर मर्काएका छन् ।

हिन्दुहरुको महानचाड तीज नजिकिँदै गर्दा दिनानुदिन नयाँ नयाँ गीतहरु बजारमा आइरहेको बेला यो गीतले पनि दर्शक स्रोताको राम्रो साथ पाउने अनुमान लगाउन सकिन्छ । गीतको भिडियो अर्जुन सापकोटा युट्युब च्यानलबाट बजारमा आएको हो ।

भिडियो

Loading...
प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार ०८:५५