दुर्गेश थापालाई लाग्यो गीत चोरीको आरोप (भिडियो सहित )

काठमाडौं २३ असार / चर्चित मोडेल तथा गायक दुर्गेश थापाको नयाँ तीज गीत “बिच्च बिचमा २ – एउटा फोटो खिच” बोलको गीत डिजिटल बजारमा आएको केहिदिनमै विवादमा तानिएको छ ।

गायक थापाले केहिदिन अगाडि सार्वजनिक गरिएको गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने हरफ सुन्न सकिन्छ । जो अन्तरा लोककवि अली मियाँको एक गीतमा राखिएको छ ।

दुबै गीतको भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

थापाले भने यस बिषयमा केही अनलाइन मिडियालाई आफूले गाउँघरमा सुनिएको शब्दलाई गीतमा राखेको भनेर दाबी गरेपनि उनले शब्द चोरेको भन्दै सञ्जालमा चर्चा भइरहेको छ ।

पुरानो गीतका सर्जक लोक कवि मियाँले पनि गीत चोरिनु दुखद् हो भनेर प्रतिक्रिया दिएका छन् । के अब गायक दुर्गेश थापाले माफी माग्छ होला त ? त्यो भने हेर्न बाकी छ ।

स्मरण रहोस् गतसाल प्रकाश सपूतको गलबन्दी बोलको गीत पनि सम्भु राईको गीतसँग मेलखान गएपछि निकै ठूलो हंगामानै मच्चिएको थियो सांगीतिक बजारमा ।

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०६:१९