शिल्पालाई आर्यनको जवाफ : म प्ले ब्वाइ हैन ( भिडियो)

काठमाडौं / नायिका शिल्पा पोखरेल र छबी ओझा बिचको विवादले अझै सम्म पनि नेपालि मिडिया सेलाउन सकेको छैन। नायिका शिल्पाले आफुले पटक पटक घरेलु हिंशा सहेको भन्दै उनले प्रहरीमा आफ्नै श्रीमान बिरुद्द उजुरी दिए पछी घटनाले झन ठुलो रुप लिएर माहोल गरम गरम बनाएको छ। यतिबेला यो केस अदालत सम्म पुगेको छ।

प्रहरीमा उजुरी दिए संगै शिल्पा र छविले बिभिन्न मिडियामा आएर एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने गरेका थिए। यसै शिलशिलामा नायिका शिल्पाले आर्यन सिग्देल संग काम गर्नी बेला आफुलाई छविले आर्यन प्ले बोई हो नजिक नहुन आग्रह गरेको भनेर अभिव्यक्ति दिएकी थिईन। अहिले उनी आर्यन मिडियामा आएर यस बारे बोलेका छन।

आर्यनले थपेका छन , भन्नेले जे भने पनि म कस्तो मान्छे हो , मेरो फेमेलीलाई थाहा छ , मेरो सर्कल लाई थाहा छ , त्यसैले अरुले के भने भन्ने कुरालाई आफुलाई कुनै चासो नभएको बताएका छन। फिल्मी कुरा संग गरिएको कुराकानीमा पत्रकारको तपाईलाई शिल्पाल्र प्ले बोई भनेकी थिईन नि भन्ने प्रश्नमा आर्यनले यो बिषयमा भन्नेले जे भनुन , मेरो कुनै गुनासो छैन , मलाई चिन्ने दर्शक , सर्कल , आफन्त , फेमेलिले मलाई चिनेकै छन् ,, अरुले जे भने पनि आफुलाई कुनै फरक नपर्ने र यो बिषयमा केहि नबोल्ने बताएका छन।

यो घटना पछी अहिले घटनाले फेरी नयाँ मोड लिएको छ। छविको पहिलो श्रीमती हेमा ओझाले आफ्ना श्रीमान छबी र नायिका शिल्पालाई बहुविवाहको उजुरी दिएकी छिन। यो उजुरी संगै घटनाले नयाँ मोड लिएको छ। फिल्म कर्मिको जीवनमा एउटा फिल्मी कहानी जस्तो बास्ताविकतामा भएको देख्न सकिन्छ।

उता प्रहरीले छबि र शिल्पालाई पक्राउ पुर्जी जारि गरि सकेको छ। अहिले सम्म नायिका शिल्पा र निर्माता छबी ओझा सम्पर्कमा आएका छैनन। उनीहरुको बिरुद्द उजुरी परे पछी केस कानुनि प्रक्रियामा गई सकेको भन्दै अब उनीहरु माथि हिरासतमा राखेर अनुसंधान हुनुपर्ने अधिवक्ता स्वागत नेपालले बताएका छन। हेर्नुहोस नायक आर्यन सिग्देलले के भन्छन ।

भिडियोमा ।

Loading...
प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार १०:४२