३५ सुत्केरीलाई भाले र घिउ वितरण

उदयपुर २३ असार / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा एकवर्षभरीमा ३५ जना सुत्केरीले वडाबाट भाले र घिउ पाएका छन् ।

वडाध्यक्ष कमल श्रेष्ठले वडाका सुत्केरी र वच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै गएको साउनदेखि आजसम्ममा ३५ सुत्केरीलाई भाले र घिउ वितरण गरिएको बताउनुभयो ।

नियमित गर्भजाँच गर्नेहरुलाई आवश्यक प्रकृया पुराएर स्वास्थ्य परामर्शसँगै भाले घिउ वितरण गरिएको पनि वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी आगामी आर्थिक वर्षदेखि वडामा जन्मिएका वच्चाहरुका लागि वडाले नगद ५ हजार जम्मा गरिदिने र त्यसमा अभिभावकको ५ हजार गरी १० हजारको कोष जम्मा गर्ने कार्यक्रम ल्याएको पनि वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उक्त खातामा अभिभावकलाई पैसा जम्मा गर्न लगाई भविष्यमा वालवालिकाको शिक्षा दिक्षा लगायतमा खर्च गर्ने प्रावधान वनाईने पनि वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी सोही वडामा कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउतले २९ जना सुत्केरी र गर्भवती महिलाहरुलाई पोसिलो खानाका साथै प्रतिएकथान व्याग , र प्याड समेत वितरण गर्नुभएको छ । उपमेयरले घिउ ,चामल, तेल ,नुन समेत महिलाहरुलाई वितरण गर्नुभएको थियो ।

( कटारी न्युज टिभी बाट )

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार १४:०३