‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा प्रदर्शन

  • मुकुन्द कालिकोटे

काठमाडौं २४ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा राजावादीका विभिन्न संघ–संस्थाहरुले सरकारको चर्को विरोध प्रदर्शन गरेका छन् ।

उनीहरु गणतन्त्र मुर्दावाद, भ्रष्टाचारी सरकार राजीनामा दे, राजा आऊ देश बचाउजस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

डिल्लीबजारको भोजनगृहबाट सुरु गरिएको विरोध प्रदर्शनमा प्रदर्शकारीहरुले पूर्व राजा–रानीको तस्विर र जहाँ सिङ्गा नेपाल हुन्छ, त्यहाँ राजा–रानी हुन्छ भन्ने श्लोगन लेखिएका टि–सर्ट लगाएका थिए ।

विरोध र्याली पुतलीसडक, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै शान्तिबाटिकामा आएर सभामा परिणत भएको थियो ।

Loading...
प्रकाशित मिति २४ असार २०७७, बुधबार ०९:५४