काठमाडौं २४ असार / नेपालमा केहिदिन यता नयाँ कोरोना संक्रमित सङ्ख्या कम हुँदै गएको छ । देशभरको २५ वटा प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पछिल्लो २४ घन्टाभित्र थप २ सय ५५ संक्रमित थपिएका छन् ।
यो सँगै नेपालका कुल कोरोना संक्रमित सङ्ख्या पु६ हजार ४ सय २३ पुगेको स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।
त्यस्तै नेपालका पछिल्लो २४ घन्टा भित्र २५३ थप जना कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएर फर्केका छन् भने नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ७ हजार ७ सय पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउने सङ्ख्या ३६ पुगेको छ । पछिल्लो २४ घन्टा मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ