विषालु च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

साउन १३, रोल्पा / विषालु च्याउ खाँदा रोल्पाका एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

जिल्ला लुङ्ग्री गाउँपालिका ६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खादा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो ।

घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु च्याउ खाँदा आमा कुर्मली बुढाथोकी, छोरी कुर्मली बुढाथोकी र छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको छ । श्रीमान अमरसिंह बुढाथोकी वैदेशिक रोजगारको सिलसिलामा बिदेशमा रहेका छन् ।

बिषालु च्याउ खाएर बिरामी भएका परिवारलाई उपचारको लागि पुर्वी रोल्पाको बजार क्षेत्र मानिने सुलिचौर लागिएको थियो । सुलिचौरमा पनि उपचार सम्भव नभएपछि उनीहरुलाई बुटवल पठाईएको थियो ।

उपचारका लागि बुटवल लिंदै गर्दा ३ बर्षीय पुस्कर बुढाथोकीको साउन ११ गत्ते बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यस्तै ७ बर्षीय सुनिता बुढाथोकीको साउन १२ गते र २५ बर्षीय कुर्मली बुढाथोकीको साउन १३ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको स्थानीयबासि जेबि बिष्ट “भावुक”ले जानकारी दिए ।

एकै परिवारका ३ जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको स्थानीयवासी बताउछन ।

Loading...
प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार ११:२४